छिमेकिलाई माया गर्न नसकी भगवान लाई माया गर्न सकिदैन ।
यो समाचार पढेर शहानुभुती देखौने हरु सबैलाई धन्यवाद। सबै बिचबाट सहयोगको हात बढाउनु हुने तुलसी सिवाकोटी, सैलेन्द्र भट्ट, रोजोन श्रेष्ठ अनी सुजित न्यौपाने जस्ता साथीहरु लाई सलाम।. Giving is receiving. For all who want to help the family
हामीले रुकुम का एक स्थानिय साथी को सहयोग मा त्यहाका CDO कार्यालय मार्फत सहयोग हस्तान्तरण गर्ने ब्यवस्था मिलाएका छौ। Thank you all for your support.
चार परिवारको ओडार बास
कमल थापा, रुकुम, असार १ – ढुंगे युग सम्झाउने गरी चार परिवार सानीभेरी किनारका ओडारमा बस्दै आएको छ। सदरमुकाम खलंगादेखि २ घन्टा पैदल दुरीमा रहेका ओडारमा उनीहरुले १२ वर्ष गुजारिसकेका छन्। ‘पुर्ख्यौली घरबार नभएपछि वर्षौंदेखि ओडारमै छौं,’ ६३ वर्षीय उजिरे वादीले भने, ‘त्यस पहिले जिल्लाका विभिन्न ठाउँमा घुमन्ते जीवन वितायौँ।’ वादी समुदायका चारै परिवार हिउँदमा सानीभेरी किनारको बालुवामा पाल टाँगेर बस्छ भने वर्षामा नदी किनारको ओडारमा सर्छन्।
उनीहरुको गुजारा भनेकै सानीभेरीको माछा हो।
महिलाहरु बालबच्चाको हेरचाहमै बिताउँछन् भने पुरुषहरु माछा मार्न थाल्छन्। माछाको विक्री गरेको आम्दानीले चामल, दाल, तरकारी र नुन तेल जुट्छ।
‘हाम्रो पेट कहिल्यै भरिएन, सधैं आधा पेट,’ उजिरेले भने, ‘माछा पाइयो भने बिक्री गरेर खानेकुरा किन्छौ नत्र भोकै बस्छौं।’
मादल, माटोको भाँडाकुडा बनाउने पुर्ख्यौली पेसा पनि अहिले छैन। बजारिया मादल आउन थालेको र माटोका भाँडाको ठाउँ प्लास्टिकका भाँडा प्रयोग हुन थालेकाले थान्को लागेको उनीहरुको भनाइ छ।
‘ओडार र बालुवामा बस्ने बानी परिसक्यो,’ विमला वादीले भनिन्, ‘सुत्केरी, बालबच्चा र वृद्धवृद्धालाई भने समस्या छ, चाहेर पनि अरु मानिसजस्तै बस्न सक्दैनौं।’
भरखर विवाह गराएकी जेठी बुहारीलाई ६ महिनामै ट्याक्टर ड्राइभरले भगाइदिएको उनले गुनासो गरिन्। ‘छोराको विवाहमा १९ सय ऋण तिर्न नसक्दा साहुबाट बारम्बार धम्की आउँछ,’ उनले भनिन्, ‘बुहारी चाहिँ विवाह गरेको ६ महिनामै भगाइदियो।’
सरकारले वादी समुदाय लक्षित विभिन्न कार्यक्रममार्फत कराडौं रकम खर्च गर्दै आएको छ। तर, ओडारमा जीवन गुजार्दै आएका वादी परिवारको हातमा केही परेको छैन।
फेरी त्यही परिवारको अर्को समाचार आएको छ। (http://goo.gl/hL1mA)
List of Donors
Ganesh Shrestha(Australia) Au $10
Rajendra Karki( Australia) US $20
rocken byanjankar (USA) US $10
Vishma Pathak (Australia) Au $5
Mahendra Khatri (Australia) Au $10
Kiran Pradhan (Australia) Au $20
Shashwat Jnawali (USA) Au $10
Anil kumar Acharya (Australia) Au$20
Uniweb (USA) US$5
Ram Acharya (Australia) Au$10
Satish Shrestha (USA) US$10
Shuvechha Maharjan (Australia) Au$10
Bibek Singh Thakuri (Australia) Au$10
Sandhya Parajuli (USA) US$20
Alina Shrestha (USA) US$10
Suden Maharjan (Australia) Au$10
Shree Chhetri (USA) US$25
Nirakar Rajbhandari (USA) US$10
Anjana Ghimire (Australia) AU$20
Dhiraj Rayamajhi (Australia) AU$50
Dipin Malla (USA) US$20
Ravi Maharjan (USA) US$50
Alin Rai (Australia) AU$20






