Three Icon: निर्वाण चौधरी, सञ्जय गोल्छा र सौरभ ज्योति

admin November 6, 2011 0
Three Icon: निर्वाण चौधरी, सञ्जय गोल्छा र सौरभ ज्योति

निर्वाण चौधरी, सञ्जय गोल्छा र सौरभ ज्योति नेपाली उद्योग व्यवसायमा सक्रिय नयाँ पुस्ता हुन्। चौधरी ग्रुप, गोल्छा अर्गनाइजेसन र ज्योति  समूहका यी प्रतिनिधि पात्रहरू आफ्नो व्यावसायिक घरानाको सफलतालाई चुलीमा पुर्‍याउन अग्रसर छन् । उनीहरू जहाँ पुगे पनि आफ्नो  व्यवसायका बारेमा अपडेट रहेर नयाँ लगानी र अवसरका सम्बन्धमा चासो देखाइरहन्छन् । उनीहरूले व्यवसाय सम्हाल्न थालेको एक दशक  पूरा भैसकेको छ, यस अर्थमा उनीहरू परिपक्व व्यवसायी बनेका छन्। अर्बाैंको कारोबार गर्ने परिवारको सदस्यका रूपमा जन्मिए पनि उनीहरू  अझै परिश्रम गरेर सफलता प्राप्त गर्ने बाटोमा सक्रिय छन् ।

‘तिमी पहिले सरल भएर बाँच त्यसपछि अरूलाई पनि त्यहि मार्गमा हिँड्न प्रेरित गर्न सक्छौं ।’ जीवन सफल बनाउन लुनकरणदास चौधरी दे खि विनोद चौधरी, बसन्त चौधरी र अरुण चौधरीसम्मको जीवनशैलीबाट प्रभावित चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरी भन्छन्- ‘म  उहाँहरूलाई अनुसरण गर्दै आइकन बन्ने बाटोमा अग्रसर छु ।’

नयाँ-नयाँ क्षेत्रमा लगानी गरे पनि गोल्छा समूह निश्चित कुरामा परम्परागत भएको सञ्जय गोल्छा बताउँछन् । नैतिक धरातलमा रहेर कपट  नगरी मेहनत र लगनशीलताले कमाउनुपर्छ भन्ने शिक्षा गोल्छा अर्गनाइजेसनले दिएको छ, सञ्जयले भने- त्यसैले हामी वर्कर्स हौं ।  एउटा  लक्ष्य लिएर काम गरे पनि हामी कसैलाई देखाउनका लागि काम गर्दैनौं । रामलाल गोल्छाका छोराहरू हंसराज, हुलासचन्द गोल्छाले थप  विस्तार गरेको गोल्छा अर्गनाइजेसनको व्यवसायलाई तेस्रो पुस्ताका सञ्जय, उनका दाजुहरू तथा चौथो पुस्ताका भतिजाहरूले थप अगाडि  बढाएका छन् ।

बाजे मणिहर्ष ज्योतिले प्रारम्भ गरेको ज्योति ग्रुपको सफल व्यावसायिक यात्रामा दोस्रो पुस्ताका पद्म ज्योति र रूप ज्योति पछि तेस्रो पुस्ताका  सौरभले इँटा थप्ने काम गरिरहेका छन् ।

‘हामीसँग ज्योति समूहलाई अन्तर्राष्ट्रिय कम्पनीको रूपमा उभ्याउने लक्ष्य छ। सौरभले भने- ‘विदे शमा सिस्टम हुने भएकाले मेहनत गरेको काममा सफलता निश्चित हुन्छ, तर यहाँ पढेरभन्दा परेर सिक्नुपर्ने बाध्यता छ ।

चौधरी ग्रुपको प्रबन्ध निर्देशक भएपछि निर्वाण एक पछि अर्को गर्दै महत्वपूर्ण उपलब्धि हासिल गरिरहेका छन् । केही समयअघि मात्र वल्र्ड  इकोनोमिक फोरमले वल्र्ड टप फाइभ हन्डे्रड कम्पनीको नोमिनेसनमा चौधरी ग्रुपलाई छनोट गरेको थियो ।

अहिलेसम्म कुनै पनि नेपाली व्यवसायीले नपाएको यो सफलतालाई उपलब्धि बनाउन निर्वाण सक्दो परिश्रम गरिरहेका छन् । प्रत्येक महिना  नयाँ कम्पनी स्थापित गर्दै चौधरी ग्रुपलाई विश्वमै परिचित गराउने उनको महत्वाकांक्षी लक्ष्य छ ।

नेपालमै बसेर मल्टिनेसनल कम्पनीका रूपमा गोल्छा अर्गनाइजेसनको परिचय बनाउने सपना छ, सञ्जय गोल्छाको । सञ्जयले आफ्नो  सपनामा  प्रारम्भिक सफलता पाइसकेका छन्, आइटी नेपालका प्रबन्ध निर्देशक सञ्जय यो संस्थामार्फत सफ्टवेयर डेभलपमेन्ट तथा वीपीओ  -बिजनेस प्रोसेसिङ आउटसोर्सिङ) को सेक्टरमा उच्च स्तरको काम गरिरहेका छन् ।

ज्योति समूहले स्थापनाको ५० वर्ष मनाइ सकेको छ । हिमाल आइरन स्थापना भएको ५० वर्ष पुगेको अवसर पारेर स्वर्ण जयन्ती मनाइसके को यो समूहले  हिमाल अक्सिजन, वायर उद्योग, होन्डा मोटरसाइकल र मोटर, उषा, फिलिप्सजस्ता इलेक्ट्रोनिक्स ब्रान्डको व्यवसाय गर्दै  आएको छ। दुई  दर्जन व्यवसायमा हात हालेको ज्योति समूहले हाइड्रोपावर, फर्मासिट्युकल्स तथा एगि्रकल्चरजस्ता नयाँ क्षेेत्रमा समेत हात  हालेको छ ।

सञ्जय गोल्छा

९० वर्षअघि रामलाल गोल्छाले विराटनगरबाट प्रारम्भ गरेको सानो व्यापारले यतिखेर राष्ट्रिय  उद्योगको आकार लिइसकेको छ । मुलुककै  ठुलो व्यावसायिक समूहका रूपमा परिचय बनाएको यो समूहका तेस्रो पुस्ताका कान्छा व्यवसायी हुन्- संजय गोल्छा । रामलालले महिनाको पा ँच रुपैयाँमा गोदाम भाडा लिई २ देखि २० मन जुट जम्मा गरी घोडा र बयलगाडाबाट भारतको फारबिसगन्ज लगेर बिक्री गर्थे, आज  रामलालका नाती सञ्जय गोल्छा सात समुद्र पारबाट आयात गरिएका मोबाइल, ल्यापटप नेपाली बजारमा बिक्री गर्छन् ।

रामलाल पछि छोराहरू हंसराज र हुलासचन्दले विस्तार गरेको गोल्छा समूहलाई संजयसहितको तेस्रो पुस्ताले अझ बृहत्तर स्वरूपमा हाँकिरहे को छ । दुई दर्जनभन्दा बढी उद्योग, बैंक, अस्पताल, ट्रेडिङ हाउस जस्ता व्यवसाय गोल्छा अर्गनाइजेसनअन्तर्गत  सञ्चालनमा छन् । दाल,  चामल, भाँडाकुँडा, जस्तापाता मात्र होइन् फलाम, टेलिभिजन, इन्भर्टर, मोवाइल, ल्यापटप, गाडीदेखि अपार्टमेन्टसम्मको व्यवसायमा गोल्छा  समूह संलग्न छ ।

सञ्जय गोल्छा, हुलासचन्द गोल्छाका कान्छा छोरा हुन् । सन् १९७० मा विराटनगरमा जन्मिएका संजय काठमाडौंमा हुर्किएका थिए । प्रारम्भिक  तहका केही कक्षा आदर्श विद्या मन्दिरबाट पूरा गरे पनि उनले बाँकी स्कुले शिक्षा सेन्ट जेभियर्सबाट पूरा गरेका थिए । ‘सेन्ट जेभियर्सबाट  एसएलसी उत्तीर्ण गरेपछि मैले दिल्ली पब्लिक स्कुलबाट प्लस टु गरे’ संजयले साप्ताहिकसँग भने- ‘त्यसपछि उच्च शिक्षाका लागि इंग्ल्यान्ड  पुगे ।’

अध्ययनको एक तह पूरा गरेपछि संजय इन्डष्ट्रियल ट्रेनिङका लागि अष्ट्रेलिया पुगे जहाँ उनले ९ महिनाको कोर्स गरे । त्यसपछि नेपालस्थित  गोल्छा समूहका विभिन्न उद्योगसँग सम्बन्धित रहेर काम गर्न उनलाई विशेष इन्डष्ट्रियल ट्रेनिङ दिइयो । ‘काम सिक्ने क्रममै उद्योगमा मेसिन  अपरेट गर्ने देखि रजिष्टरमा भौचर भर्ने, विल बनाउनेसम्मका धेरै काम सिके ।’ सञ्जयले भने- ‘दुई वर्षसम्म राष्ट्रिय अन्तर्राष्ट्रिय उद्योगका  बारेमा जानकारी लिइसकेपछि थप अध्ययनको आवश्यकता महसुस गरे ।’ त्यसपछि उनले भारतको इन्टरनेसनल म्यानेजमेन्ट इन्स्िटच्युट -आइर् एमआई) बाट एमबीए पूरा गरे ।

एमबीएको अध्ययन पूरा गरेपछि उनी नेपाल फर्किएर नयाँ काम गर्न चाहन्थे, त्यसका लागि गोल्छा समूहले बिस्कुटमा हात हाल्न खोजिरहे काले उनलाई नयाँ काम पाउन खासै गाह्रो भएन् । हुलास बिस्कुट उद्योगको सबै सेटअप मिलाएर उनले उक्त व्यवसायबाट हात झिके । ‘ मानिसले आफ्नो रुची र ज्ञान भएको व्यवसायमा हात हाल्नु राम्रो हुन्छ भन्ने मेरो मान्यता छ’ उनले भने- ‘मेरो ज्ञान रुची आइटीमा थियो,  त्यसैले आइटीमै काम गरे ।’ एक दर्जनभन्दा बढी आइटी रिलेटेड ब्रान्डको आधिकारिक विक्रेताको अनुमति लिएको नियोटेरिक नेपालका प्रबन्ध  निर्देशक गोल्छाका अनुसार उनले एक दशक अघि नै मानिसको अहिलेको जस्तो मोबाइल जीवनशैली र अनलाइन सोसियल नेटवर्किङको  सम्भावना देखिसकेका थिए ।

आइटी सेक्टरको परिभाषा पनि अबको दश वर्षभित्र अझ फरक हुने उनको दाबी छ, ‘इन्फरमेसन टेक्नोलोजीको नयाँ नाम विकास हुनेछ’  सञ्जय भन्छन्- ‘कम्प्युटर कम्प्युटर रहँदैन्, टेलिभिजन टेलिभिजन रहँदैन, मल्टिपल फिचरको एउटै डिभाइस प्रयोगमा आउँछ ।’

नेपालले आउटसोर्सिङमा अन्तर्राष्ट्रियस्तरमै नाम बनाउन सक्नेमा सञ्जय विश्वस्त छन् । नेपालमा आधा जनसंख्या युवाको भएकाले त्यो  जनशक्तिलाई आउटसोर्सिङमा लगाउन सके नेपालीले काम खोज्न विदेश जानु नपर्ने उनले बताए । ‘आइटी सेक्टर धेरै एक्सपान्ड हुन सक्ने  क्षेत्र हो’ उनले भने- ‘भारतबाट केही सिकेर हामीले पनि सफलता पाउन सक्छौं, सञ्जयका अनुसार आउटसोर्सिङमा काम गरेर नेपालले  अहिले नै सफलता पाइसकेको छ, तर यसप्रति कसैको दृष्टि पुगेको छैन ।’ गोल्छा अर्गनाइजेसन इनोभेटिभ सेक्टरमा लगानी गर्न नयाँ  पुस्तालाई उत्प्रेरित गर्दै आएको छ, जसअनुसार बायोसाइन्सेज, एगि्रकल्चर, आइटी जस्ता क्षेत्रमा अर्गनाइजेसन अघि बढिरहेको छ ।  सञ्जयका  एक छोरा तथा एक छोरी छन् ।

सञ्जय सामाजिक सेवामा पनि उत्तिकै सक्रिय छन् । एकातर्फ गोल्छा अर्गनाइजेसन सामाजिक सेवामा सक्रिय छ भने अर्कातर्फ सबै निदेर् शकहरू आ-आफ्नो क्षेत्रबाट सामाजिक सेवामा सक्रिय छन् । राउन्ड टेबल अर्गनाइजेसनमा आबद्ध सञ्जय हरेक वर्ष संस्थामार्फत दुर्गम क्षे त्रमा एउटा विद्यालय स्थापना गर्न सक्रिय छन् । राउन्ड टेबलका अध्यक्ष रहिसकेका संजय जेसिज जस्तै यो संस्थामार्फत बृहत्तर सेवामा  सक्रिय हुने लक्ष्य राख्छन् । उनी इन्टरप्रनरसिप एसोसिएसनमा पनि आबद्ध छन्, जसले नयाँ क्षेत्रमा काम गर्न चाहने उत्साही युवा उद्यमीलाई  लगानीको वातावरण बनाइदिने गरेको छ । तपाईंको डि्रम ? उनी फिस्स हाँसे, मेरो कुनै डि्रम छैन, सञ्जयले भने- ‘पाएको जिम्मेवारी पूरा गर्ने  र आफू तथा आफ्नो परिवारलाई सन्तुष्ट राख्ने ।

रामलालका दुई छोरा हंसराज र हुलासचन्दका छोराहरू अहिले गोल्छा अर्गनाइजेसनको व्यापारको बागडोर सम्हालिरहेका छन् । हंसराजका पा ँच छोरा लोकमान्य, दिवाकर, महेन्द्र, दिनेश र राजकुमार तथा हुलासचन्दका चार छोरा चन्द्रकुमार, सुरेन्द्र, शेखर र सञ्जय गोल्छा अगर् नाइजेसनका नेतृत्वकर्ता हुन् ।  लोकमान्यका दुई छोरा आकाश र हेमन्त तथा दिवाकरका छोरा हितेश अनि चन्द्रकुमारका छोरा भरत पनि  व्यवसायमा प्रवेश गरिसकेका छन् । अन्य दाजुभाइका छोराहरू धीरज, शरद, देवासिस, हिमांशु र अभिमन्यु पनि यही गोल्छा अर्गनाइजेसनको  व्यवसाय वृद्धिमा सक्रिय हँुदैछन् । दिवाकर गोल्छा सभासद् हुन् । परिवारको जेठो भएकाले अर्गनाइजेसनका अध्यक्ष लोकमान्य छन् । सुरेन्द्र,  दिनेश र राजकुमारले विराटनगरमा बसेर जिम्मेवारी सम्हालेका छन् ।

उच्च शिक्षाका लागि कोलकाता पुगेका ज्योति समूहका संस्थापक मणिहर्ष ज्योतिले नेपाली व्यापारीको घरमा खाना पकाएर नै स्नातक  अध्ययन पूरा गरेका थिए । स्कुले अध्ययनपछि उनी त्यहाँ पुगेका थिए । मणिहर्षका बुबा भाजुरत्न कंसाकार काठमाडौंका व्यापारी थिए । हाल  ज्योति भवन रहेको जमलस्थित पसलमा आगलागी भएर ऋण लागेपछि उनी बिदेसिएका थिए । उनले कालिम्पोङमा बसेर नेपाल-तिब्बत  व्यापार गरेका थिए । त्यतिबेला सिक्किम र कालिम्पोङको बाटो भएर नेपाल-तिब्बत व्यापार हुन्थ्यो,’ मणिहर्षका नाति सौरभ ज्योतिले भने ।  पुख्र्यौली व्यापारिक पेसाका कारण मणिहर्ष व्यापारमै जोडिन चाहन्थे, साथै उनले पढेको वाणिज्य शास्त्रको अध्ययनले पनि व्यापारका निम्ति  थप आधारशीला तयार गरेको थियो । कोलकातामा उनले क्लियरिङ/फरवार्डिङको काम सुरु गरे । सौरभका अनुसार दक्षिण भारतसम्म पुगेर  उनले ठेक्कामा खानी सञ्चालन गरेका थिए । दोस्रो विश्वयुद्ध ताकाको प्रतिस्पर्धात्मक वातावरण उनलाई व्यापारमा दक्षता हासिल गर्ने अवसर  बन्यो । २०१८ सालमा नेपाल फर्किएर मणिहर्ष हिमाल आइरन एन्ड स्टिलमार्फत उत्पादनमूलक क्षेत्रमा प्रवेश गरेका थिए ।

१ सय ४० वर्षअघि भारतको राजस्थानबाट आएर भुरामल चौधरीले कपडा, हुन्डी तथा जुटको व्यापार सुरु गरेका थिए जसलाई सम्हाल्दै  लुनकरणदासले स्टिल, लत्ता कपडा एवं बिस्कुट उद्योग स्थापना गरे । हजुरबुबा र बुबाले बनाएको जगमा विनोद, वसन्त र अरुणले चौधरी  ग्रुपको ब्यापारिक साम्राज्य बनाए । चौधरी ग्रुपको व्यापार साम्राज्यका सम्बन्धमा फोब्र्स एसिया पत्रिकाले समेत कभरेज गरेको थियो । चौधरी  गु्रपको लगानी भएको सिंगापुरको एउटा प्रमुख बहुराष्ट्रिय कम्पनी सिनोभेसन ग्रुप र नेपालको व्यवसायको मूल्य जोड्दा यो समूहले ५० अर्ब  भन्दा बढीको व्यापारिक साम्राज्य खडा गरेको देखिन्छ । चौधरी गू्रपअन्तर्गत विनोदका छोराहरू निर्वाण, राहुल र वरुण, वसन्तकी छोरी मेघा र  अरुणका छोरा करण पनि परिवारको बिंडो थाम्दै व्यापारमा आइसकेका छन् ।

निर्वाण चौधरी

२९ वषर्ीय निर्वाण चौधरीको व्यक्तित्व बहुआयामिक छ । उनी चौधरी ग्रुपको प्रबन्ध निर्देशकका अतिरिक्त राम्रो डिजे, आरजे, म्युजिसियन तथा  प्लेयर पनि हुन् । कहिलेकाहीं ६ बजेपछि उनी अफिसमै म्युजिक मिक्सिङमा व्यस्त हुन्छन् । साथी भाइलाई हाइबिट मेटल रक म्युजिकमा  नचाउनु उनको सौख हो । निर्वाण भन्छन्, ‘टेक्नोलोजीले म्युजिक सुन्ने ट्रेन्ड नै अलग बनाइसकेको छ ।’

गुड म्यानेजमेन्ट स्किल निर्वाणको अर्को खुबी हो । इमेल र एसएमएसमार्फत उनले सबै म्यानेजमेन्ट मिलाउँछन् । सोखका रूपमा मो टरसाइकलको लङ्ग टि्रप मन पराउने निर्वाण मोटरगाडीको मामिलामा पनि उत्तिकै सौखिन छन् । निर्वाण बिहान ६ बजे उठ्छन् र राति १  बजेसम्म इमेल-इन्टरनेटमा व्यस्त भएपछि उनको दैनिकी सकिन्छ । निर्वाण यतिखेर चौधरी ग्रुपलाई मल्टिनेसनल कम्पनीका रूपमा परिचित  गराउँदै अबको पाँच वर्षभित्रमा सिजीलाई विश्वका ‘टप हन्ड्रेड’ कम्पनीको सूचीमा उभ्याउने तर्खरमा छन् । यसका लागि प्रतिमहिना एक  कम्पनी स्थापित गर्ने उनको महत्वाकांक्षी योजना छ ।

बिहान ६ बजे उठेर स्क्वास खेलमा रमाउनु निर्वाणको नसा नै बनिसकेको छ । कुनै बेला सोखका लागि खेलेको स्क्वासले उनलाई यो खेलको  प्रोफेसनल खेलाडी नै बनाइदियो । ठूलै व्यावसायिक समूहको सदस्य भएका नाताले दक्षिण एसियाकै उत्कृष्ट शैक्षिक संस्था तथा वेलायतस्थित  बहुचर्चित ह्यारो स्कुलमा अध्ययन गरेका निवार्णले कक्षा १२ को अध्ययन पछि पनि एसियामै पढ्ने निर्णय लिए । त्यसको कारण थियो-  एसियाको वातावरणअनुरूप आफूलाई ढाल्नु । उनले सिंगापुरमा अध्ययन गरे । सिंगापुरमा रहदै १८ वर्षको उमेरमा उनले एउटा व्यवसायमा  गरेको लगानीले तेस्रो दिनमै ब्रेक इभेन गरेको थियो । व्यावसायिक रूपमा उनको सफलताको यात्रा त्यहीबाट प्रारम्भ भएको थियो । निर्वाणले  काठमाडौं विश्वविद्यालयबाट एमबीए अध्ययन पूरा गरेका छन् ।

निर्वाण पर्सनल ग्रुमिङका बारेमा पनि उत्तिकै सचेत छन् । जतिबेला उनले आफूलाई राम्रोसँग बुझे, त्यसबेलादेखि नै सुटमा सजिएर हिँड्न  थाले । अहिले पनि उनी अक्सर सुटमै भेट्टन्िछन् । सुटको कुरा चल्दा उनले विश्वप्रसिद्ध ‘जिग्ना’ ब्रान्डलाई सम्भिmए । जुत्तामा टर्च, घडिमा  हबलट, सवारी साधनमा रेन्जरोभर आफ्नो ब्रान्ड भएको निर्वाणले बताए ।

इर्मजिङ सेक्टरमा लगानी गरेर चौधरी ग्रुपलाई अघि बढाउने उनको महत्वाकांक्षी लक्ष्य छ । सन् २०१५ मा एसियाको टप फिफ्टी पोजिसनमा  चौधरी ग्रुपलाई पुर्‍याउने लक्ष्य पूरा गर्न विश्वप्रसिद्ध कम्पनीहरूसँगको सहकार्यमा काम पनि प्रारम्भ भैसकेको छ । टेलिकम, आइटी सेक्टर,  बायोटेक, हाइड्रोपावर, सिमेन्ट, इन्प|mास्ट्रक्चर म्यानेजमेन्ट, इ-गर्भनेन्स, रोड कन्स्ट्रक्सन, एभिएसन आदि क्षेत्रमा लगानी गरिरहेका निर्वाण  भन्छन्, ‘हामी यो समयभित्रमा सहजै आफ्नो लक्ष्यमा पुग्न सक्छौं, त्यसका लागि सबै आधारशिला तयार भैसकेको छ ।’

‘सन् २००५ देखि सन् २००८ सम्मको पिरियड चौधरी ग्रुपकै लागि क्रुसियल थियो’ निर्वाण सम्झन्छन्-’एकातर्फ घरायसी सामग्रीहरूको  व्यापार बढाउने चुनौती थियो भने अर्कातर्फ वाईवाई चाउचाउका कडा प्रतिस्पर्धी बजारमा आएका थिए ।’ ती सबैलाई उच्चतम नाफामा  लाने चुनौती थियो । निर्वाणका अनुसार त्यो क्रुसियल पिरियडमा चौधरी ग्रुप अझ सफल भएर अघि बढेपछि रियलस्टेट, होटलजस्ता क्षेत्रमा  पनि सफल यात्रा तय गर्‍यो । भारतको असम, सिक्किम, रुद्रपुरमा वाइवाइको प्लान्ट राखेर त्यो क्षेत्रमा व्यवसायलाई विस्तार गरियो ।

च्ाौधरी ग्रुप श्रीलंका, मालदिभ्स, सिंगापुर, युएई, नाइजेरिया, अमेरिका, भारत, बहराइन आदि मुलुकमा व्यापारिक सञ्जाल फैलाउन सफल छ ।  सिजि ग्रुपअन्तर्गत ५ दर्जन प्रोजेक्ट पाइपलाइनमा छन् । चौधरी ग्रुपले टोबाको, बियर, एभिएसन, लाइफ इन्स्युरेन्स, जुस, टेलिकम, सिमेन्ट,  हाइड्रोपावर, रियल स्टेट, हाउजिङ, बायो एगि्रकल्चर, फुड एन्ड वेभरेज, इलेक्ट्रोनिक्स व्यवसायमा लगानी गरिरहेको छ । विश्वप्रसिद्ध एमआइटी  विश्वविद्यालय अमेरिकामा तीन महिने विशेष एमबीए कोर्स पनि पूरा गरेका निर्वाणले उक्त कोर्समा मिडल-लेभलको कम्पनीलाई विश्वकै उत्क ृष्ट एक सय कम्पनीभित्र कसरी पुर्‍याउन सकिन्छ भनेर ज्ञान हासिल गरेको बताए ।

सबै व्यवसायका बारेमा आफू जानकार नभए अघि बढ्न गाह्रो हुन्छ भन्ने निर्वाणले विस्तृत अध्ययनपछि सम्बन्धित क्षेत्रका उच्च अधिकृतह रूसँग आन्तरिक स्थिति सुदृढीकरणका विषयमा छलफल गर्छन् । राति साढे १ बजेसम्म बस्नुको कारण ? उनी भन्छन्,- ‘यो दिनभर आएका  सबै मेल रिप्लाई गर्ने उपयुक्त समय हो, मानिसहरू उठ्दा मेरो मेलको जवाफ पाइसकुन् भनेर त्यो समय रोजेको हो ।’

सौरभ ज्योति

सौरभको जीवन नै मोबाइलमा निर्भर छ भन्दा फरक पर्दैन् । देशकै अर्को ठुलो व्यापारिक समूह ज्योति ग्रुपका युवा नेतृत्वकर्ता सौरभ ज्योति  युवा उद्यमीमा फरक पहिचान बनाएका व्यक्ति हुन् । ज्योति समूहका कार्यकारी निर्देशक सौरभ ज्योतिले ज्योति समूहमा प्रवेश गरेको एक  दशक पूरा भैसकेको छ । हिमाल आइरन, वायर, अक्सिजन, ज्योति स्पिनिङ स्थापना गरेर कम्पनीको स्वरूपमा आएको ज्योति समूह अहिले  एक दर्जनभन्दा बढी व्यवसायमा संलग्न छ । तेस्रो पुस्ताका सौरभ ज्योति समूहको अर्बौको कारोबारलाई दैनिक नियमन गर्ने व्यक्ति हुन् ।

नर्थप्वाइन्ट दार्जिलिङमा स्कुले अध्ययन पूरा गरेपछि सौरभले बैंगलोरस्थित बिएमएड कलेजबाट इन्डस्टि्रयल इन्जिनियरिङ म्यानेजमेन्टमा उच्च  शिक्षा हासिल गरेका थिए । मोटरसाइकललगायतका सवारी साधनप्रतिको सानैदेखिको लगावका कारण उनले त्यहि विषयमा उच्च शिक्षा  हासिल गरेको बताए । सौरभ भन्छन्- ‘होन्डा कम्पनीको ट्रेडिङ व्यवसाय ज्योति ग्रुपले हेरेकाले पनि यही विषयमा अध्ययन गर्ने चाहना भयो ।’

बैंगलोरमा अध्ययन पूरा गरेपछि सन् १९९९ मा उनी काठमाडौं फर्किए । इन्डस्टि्रयल इन्जिनियरिङ म्यानेजमेन्ट अध्ययन गरेकाले व्यवसायलाई  रफ्तार गतिमा दौडाउने योजनाका साथ स्वदेश फर्किएका सौरभले यहाँ आएपछि भिन्न ढंगले अघि बढ्नुपरेको बताए । ‘नेपालमा त्यतिखेर  सशस्त्र द्वन्द्व चलिरहेको थियो, त्यसकारण लगनशील भएर मात्र काम गरेर  पुग्दैनथ्यो’ सौरभले भने- ‘यहाँ पढेरभन्दा परेर सिक्नुपर्ने बाध्यता  थियो ।’

सौरभ अहिले हिमाल आइरन र स्याकार कम्पनी हेर्छन्, त्यसवाहेक ज्योति समूहको कार्यकारी निर्देशकका रूपमा अन्य व्यवसायमा परिवारलाई  सहयोग गर्छन् । सौरभको डि्रम प्रोजेक्ट भनेको नेपालमै मोटर तथा मोटरसाइकल उत्पादन गर्नु हो । ‘एउटा ब्रान्ड बनाएर बजारमा आउन  गाह्रो छैन,’ सौरभ भन्छन्- ‘तर ब्रान्ड स्थापित गरेर दीर्घकालीन व्यापार गर्नु मुख्य कुरा हो ।’ यसका लागि सरकारले व्यवसायीलाई दिनुपर्ने  सहुलियत र सुविधा नदिएकाले पनि हात हाल्न गाह्रो भएको उनले बताए ।

ज्योति समूहको व्यवसाय संचालन संरचनाको पनि आफ्नै शैली छ। मणिहर्ष ज्योतीको समय देखि अहिलेसम्मका जनशक्ती कर्मचारीका रूपमा  कार्यरत छन्। ‘एकातर्फ बाजे बुबाको पाला देखि काम गर्दै आउनुभएका कर्मचारीहरू अर्कोतर्फ बजारबाट लिएका प्रोफेसनल जनशक्ति।’ सौरभ  भन्छन्- ‘यी दुवै पृष्ठभूमिका कर्मचारीबीच सन्तुलन कायम गरेर अघि बढेका छौं’।

सौरभ भन्छन्- ‘अब हामी सर्भिसेजमा ध्यान दिन थालेका छौं। ट्राभल एजेन्सी, भाजुरत्न फाइनान्स यसको उदाहरण हुन्।’ पछिल्ला वर्षहरूमा  हाइड्रोपावरमा लगानी गर्न मुख्य सेयरधनीका रूपमा बुटवल पावर कम्पनीमा लगानी गरेको ज्योति समूह औषधी उत्पादन कम्पनी स्थापनाका  लागि सक्रिय भैसकेको छ।

ट्रेड युनियन आन्दोलन मजदुर हितका निम्ति आवश्यक पक्ष भए पनि व्यवसाय नै समाप्त गर्ने गरी सञ्चालन हुनुले व्यवसाय अघि बढाउन  गाह्रो भएको उनले बताए। ‘अहिले त भएको उद्योगलाई कसरी बचाएर राख्ने भन्ने तर्फ केन्दि्रत हुनुपरेको छ।’ सौरभले भने- ‘आर्थिक क्रान्ति  सफल गर्ने हो भने राज्यले व्यवसायीलाई स्वतन्त्र भएर काम गर्ने वातावरण निर्माण गर्नुपर्छ।’

सौरभ सहितको ज्योति समूहको तेस्रो पुस्ता टुरिज्म, एडभेन्चर र एगि्रकल्चरमा पनि सम्भावना देख्छ। सौरभ भन्छन्- ‘नेपाल कृषीका लागि  अत्यन्तै सम्भावना बोकेको मुलुक हो। फलफूल र कृषिमा विश्वव्यापी निर्यातका लागि काम गर्न सकिन्छ। हामीसाग ५ वटा इको जोन छन्  जुन गफका लागि होइन उपलब्धिका लागि उपयोगी छन्।’ विश्वमा फुड सर्टेज भैरहेको परिप्रेक्ष्यमा नेपालसाग विश्वभरलाई पुर्‍याउन सक्ने  खाद्यपदार्थ छन्। जोमसोमको स्याउ, हिमालको यार्सागुम्बु, जंगलका जरिबुटी, स्ट्रबेरी, सुन्तलाको उनले उदाहरण दिए।

सौरभको अर्को रुचीको क्षेत्र भनेको इलेक्ट्रोनिक्स हो। सौरभ यतिखेर उपत्यका र उपत्यका वाहिरका विभिन्न अफिसको कामको अनुगमन गर्न  भिडियो कन्फरेन्सिङ सुविधालाई प्रयोग गर्ने मुडमा छन्। सौरभ बिहान साढे छ मा उठ्छन्। शारीरिक रूपमा स्वस्थ भएमात्र सबै क्षेत्रमा  सफलता मिल्छ भन्ने ज्योति समूहको मान्यतालाई उनी उत्तिकै ध्यान दिएको बताउँछन्। ७ देखि ८ बजेसम्मको समय ब्रेक फास्ट र घरमा  आएका विभिन्न व्यक्तिहरूसँगको भेटघाटलाई छुट्याएको हुन्छ। त्यसपछि ९ बजेर ४५ मिनेटमा कार्यालय पुग्छन्।

कार्यालय समयमा पनि उनी नेपाल उद्योग वाणिज्य महासंघ तथा नेपाल अटोमोबाइल डिलर्स एसोसिएसनको काममा पनि व्यस्त रहन्छन्।  नीति निर्माणको तहमा युवा उद्यमीको तर्फबाट खेल्नुपर्ने भूमिकाका लागि उनी संघसंस्थामा संलग्न रहेको बताउँछन्। उद्योग वाणिज्य  महासंघमा कार्यकारी सदस्य रहेका उनी नेपाल अटोमोविल डिलर्स एसोसिएसनमा पनि संलग्न छन्। उनी नेपाल एक्सिलेन्स अवार्डको संयोजक  पनि हुन्।

‘देशकै अर्थतन्त्र विकास नभएसम्म देशको दिगो विकास सम्भव छैन्’ सौरभ भन्छन्- ‘मानिसहरू शान्तिपछि विकासको कुरा गर्छन् तर मेरो  विचारमा आर्थिक विकास नभएसम्म शान्ति र सुशासनको परिकल्पना पनि गर्न सकिदैन्।’ ज्योति समूहले सामाजिक सेवाका क्षेत्रमा पनि धेरै  काम गरेको छ। शिक्षा, सामुदायिक विकास, धर्म, अनुशासित तथा नैतिक जीवनशैलीको लागि विपश्यना, स्वास्थ्य, बेरोजगार तथा अटोमो बाइललगायतका क्षेत्रमा ज्योति समूहले सामाजिक काम गरेको छ।

होन्डाको सिप्लस ब्रान्डको गाडीमा रमाउने सौरभ टिसोट ब्रान्डको घडी पहिरन्छन्। केही कुराबाहेक आम प्रोडक्ट प्रयोगमा उनी ब्रान्ड  कन्सियस छैन्न्.। स्कुले जीवनमा १० वर्ष निरन्तर सुट लगाउनुपरेकाले सुटसाग उनी इरिटेट छन्। भन्छन्- ‘औपचारिक सभा-समारोह बाहेक  सुटमा देखिन्नँ।’

- विदुर खतिवडा

Courtesy: Saptahik

Leave A Response »