नेपालका ग्रामीण क्षेत्रमा बिद्यालयहरु बनाइसकेको अमेरिकामा जन्मिएको नेपालीहरुको संस्था Grassroot Movement In Nepal (GMIN ) ले यो बर्ष अगस्ट ७ मा हुन लागेको NYC Triathlon मा अाफ्ना चार स्वयम्सेवक पठाउँदै छ । १. ५ किलोमिटर पौडी, ४० किलोमिटर साइकल दौड र १० किलोमिटर दौडेर खेलिने NYC ट्रैथ्लनका ३००० भन्दा बढी सहभागिहरु मध्ये GMIN का तर्फबाट माया शेर्पा , सोनम उक्यब , नाम्ग्यल गाल्देन र कर्मा डोल्माले भाग लिदैछन । ग्रामीण नेपालमा बिद्यालयहरु बनाउनका निम्ती चन्दा सहयोग जुटाउन यी धावकहरु मैदानमा उत्रिएका हुन् । हड्सन रिवरमा पौडिएर म्यन्हट्टन वेष्टसाइड हाइवेमा साइकल कुदाउंदै अन्त्यमा न्युयोर्कको सेन्ट्रल पार्कमा दौडिएर यो बर्षको NYC Triathlon सम्प
न्न हुनेछ ।
यी धावकहरुको मनोबल बढाउन र GMINको शिक्षाको बिकास गर्ने महान कार्यलाई सबै मिलेर सफल बनाउन GMIN ले अनुरोध गरेको छ। सेन्ट्रल पार्कमा आएर यी चार धावकहरु लाई हौसला दिने सबैजना लाई GMIN टिशर्ट उपहार प्रदान गरिनेछ । तपाईं पनि चन्दा सहयोग गर्न सक्नु हुन्छ । तपाईंले गर्नुभएको सहयोग ले धेरै नेपाली बालबालिकाहरुले शिक्षा पाउनेछन् । भोलिको भबिस्य निर्माण गर्ने यो कार्यमा सबै साथ रहौँ ।
NYC Triathlon को बारेमा बुझ्न र सहयोग गर्नका लागि www.gmin.us मा जानुहोस् ।
http://apps.facebook.com/fundrazr/activity/365712c0d0904d1cb1c8118704deb215
Grassroot Movement In Nepal लाई युनाइटिङ नेपालको शुभकामना ।






GMIN has been doing really great job in the sector of education in Nepal. We believe in the future of Nepal and its children. Let’s all educate them. Good deed GMIN. Kudos.
YesI GMIN is doing very lovly job. I am very pround with the organization. It’s the way to support from the baseline if our people get educated the poverty will automaticly decreased step by step. I am also very much interested to do something continously in coming future.
its great for all nepalese sports lover