एक प्रेम जोडी विद्यार्थीद्वारा कक्षा कोठामै आत्महत्या

admin August 6, 2011 0
एक प्रेम जोडी विद्यार्थीद्वारा कक्षा कोठामै आत्महत्या

प्रेम सफल नभयपछि एक प्रेम जोडी विद्यार्थीद्वारा प्रेम सफल नभयपछिको कक्षा कोठामै आत्महत्या – काभ्रेको पनौतीस्थित काभ्रे उच्च माविका दुइ विद्यार्थीले कक्षा कोठा मै विष सेवन गरी आत्महत्या गरेका छन् । मृत्यु हुनेहरूमा सोही क्याम्पसमा कक्षा ११ मा पढ्ने आस्था गुल्लु तथा पनौती-४ का सरोज थापा रहेका छन् ।
विष सेवनपछि बेहोस भएका दुवैलाई उपचारका लागि शिर मेमोरियल अस्पताल पुर्‍याएपनि चिकित्सकले दुवैको मृत्यु भइसकेको जानकारी दिएका थिए । अस्पतालले विष सेवनका कारण उनीहरूको मृत्यु भएको बताएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।

Leave A Response »