आचार्यका चार पोस्टर सार्वजनिक

admin July 26, 2011 0
आचार्यका चार पोस्टर सार्वजनिक

कालजयी गायक भक्तराज आचार्यको जीवनकथामा आधारित प्रतीक्षित नेपाली सिनेमा ‘आचार्य’का पोस्टरहरु सार्वजनिक गरिएको छ । इन्टरनेटको सामाजिक सन्जाल फेसबुक र सिनेमाको आधिकारिक वेभसाइटबाट चार पोस्टर खुला गरिएको हो । आगामी २३ सेप्टेम्बरमा रिलिज हुने अपेक्षा गरिएको प्रोफाइल श्रेणीको सिनेमाका पोस्टरलाई सिक्किममा डिजाइन गरिएको हो ।

सिक्किमे निर्देशक प्रशान्त रसाइलीले निर्देशन गरेको सिनेमाले पाका गायक आचार्यको जीवनमा भएका उतारचढाव र गर्नुपरेका संघर्षबारे चित्रण गरेको छ । सिक्किमे ब्यावसायी रोशन राईले निर्माण गरेको सिनेमालाई मेगाप्रोजेक्ट बताइएको छ । बलिउडको ‘काइट्स’ र नेपाली पहिलो डिजिटल सिनेमा ‘कागबेनी’को निर्माण र सहायक निर्देशनमा संलग्न रसाइलीको यो प्रोजेक्ट निर्देशकका रुपमा पहिलो हो । एकसाताभित्र सिनेमाको अडियो सार्वजनिक गर्ने तयारी भैरहेको छ

चलचित्रमा युवागायक तथा आचार्यका ज्येष्ठ पुत्र सत्यराजले पिताको भूमिका निर्वाह गरेका छन् । आरोहण गुरुकुलका सुनिल पोखरेल र अरुणा कार्कीको अभिनय पनि छ । भक्तराज आचार्यले रचना र स्वर दिएका आठवटा लोकप्रिय गीतमा बलिउडका अमर मोहीले पाश्र्वध्वनी भरेका छन् । ‘एउटा कलाकारले सफलता पाउन जिन्दगीमा गरेका संघर्षलाई बुझ्न चलचित्र हेर्नुपर्छ’ मेरोसिनेमासँग निर्देशक रसाइलीले भने ।

Leave A Response »